रेनल्टले ल्यायो हालसम्मकै सस्तो एसयूभी कार ‘रेनो किइगर’
![रेनल्टले ल्यायो हालसम्मकै सस्तो एसयूभी कार ‘रेनो किइगर’](https://rpcdn.ratopati.com/media/albums/PIC_1_KHA7kkp8NO.jpg)
नेपाली अटो बजारमा हालसम्मकै सस्तो एसयूभी कार रेनो किइगर सार्वजनिक भएको छ । १.० न्याचुअर्ली अस्प्राइड इनर्जी इन्जिनमा आकर्षक लुक्स र पर्फमेन्ससहितको रेनो किइगर न्यूनतम बजार मूल्य २८ लाख ४९ हजारमै बजारमा उपलब्ध भएको हो ।
यसलाई नेपाली बजारमा रेनेको आधिकारिक बितरक एड्भान्स अटोमोवाइलले उपलब्ध गराएको हो । किइगर भर्सनमा चार मोडलहरु उपलब्ध रहेकोमा कम्पनीले क्लासवाईज आरएक्सई मोडलको पहिलो मूल्य २८ लाख ४९ हजार तोकेको छ भने आरएक्सएल २९ लाख ९९ हजार देखि ३१ लाख ६९ हजार, आरएक्सटी ३२ लाख ९९ हजार देखि ३४ लाख ६९ हजार र आरएक्सजेट ३५ लाख ९९ हजारदेखि ३७ लाख ६९ हजार तोकिएको जनाएको छ ।
काइगरमा स्प्लिट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रील, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर नयाँ एसयूभीमा पाउन सकिन्छ ।
कम्पनीले यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । जसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका धेरै फिचर काइगरमा पाउन सकिन्छ ।
विभिन्न ६ फरक कलर भेरियन्टमा उपलब्ध हुने काइगरमा १.० लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टर्बो इन्जिन अप्सन उपलब्ध रहने छ । यसलाई ५ स्पीड म्यानुअल र सिभीटी गियरबक्समा उपलब्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)