कृषि मन्त्रालय मन्त्रीको बिदाई र स्वागत गर्दैमा हैरान !

पछिल्लो समय सरकार परिवर्तन र मन्त्रिपरिषद् हेरफेरले कृषि तथा पशुपन्छी विकास मन्त्रालय हैरान भएको छ । कृषि मन्त्रालयका एक सहसचिवले मन्त्रीलाई स्वागत र विदाई गर्दैमा हैरान भएका बताउँदै मन्त्रालयले स्वागत र विदाई बाहेक अरु केही सोच्नै नसकेको बताए ।
उनले भने, ‘२०७४ फागुनमा चक्रपाणि खनाललाई स्वागत गरियो, दुई वर्ष नबित्दै उनलाई बिदाई गरेर २०७६ मंसिरमा घनश्याम भुसाललाई स्वागत गरियो, २०७७ पुसमा भुसाललाई विदाई गरेपछि पद्मा अर्याललाई स्वागत गरियो, छ महिना नबित्दै २०७८ जेठमा अर्याललाई विदाई गर्दै ज्वाला कुमारी साहलाई स्वागत गरियो, ज्वालालाई विदाई गर्न नपाउँदै वसन्त कुमारलाई स्वागत गर्नुपर्यो, नेम्वाङले कृषिलाई राम्रोसँग बुझ्न नपाउँदै अस्ति मात्रै उहाँलाई बिदाई गरियो, विदाई गर्न बाँकी रहेको ज्वाला कुमारी साहलाई आज मात्र विदाई गरियो, अर्को मन्त्रीको स्वागतको तयारीमा हामी बसेका छौं, फेरि उहाँ आएपछि कति दिन बस्नु हुन्छ थाह छैन ।’
कृषि किन नसप्रेको हो भन्ने यो पनि एक कारण रहेको ती सहसचिवले टिप्पणी गरे । पाँच वर्षको स्थिर सरकार भएपनि यो अवधिमा सबभन्दा बढी मन्त्री कृषि मन्त्रालयमा हेरफेर भएको उनले बताए । एउटा मन्त्री नियुक्त भएपछि उनले ब्रिफिङ सुन्दै काम थाल्दा जाने बेला भइहाल्ने भन्दै यस्तो प्रवृत्ति कृषि क्षेत्रका लागि दुःखद भएको उनको भनाइ छ ।
‘मन्त्रीहरु आउने जाने भइरहने भएको हुनाले कर्मचारीले पनि राम्रोसँग काम गर्न पाउँदैन’। उनले भने, ‘नयाँ मन्त्री आएपछि कर्मचारीहरु पनि सरुवा, बढुवाको खेलमा लाग्छन्, मन्त्रीले पनि आफ्ना निकट कर्मचारीलाई यताउती गरेका हुन्छन्, त्यसले गर्दा कर्मचारीहरु पनि राम्रोसँग काम गरिरहेका हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति पौडेल
-
पहिरोको जोखिममा दलित बस्ती
-
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
-
आरआर क्याम्पसमा नेविसंघको विवाद के हो ?
-
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !