बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसको विपद् व्यवस्थापन समितिले बाढीपीडितलाई प्रति परिवार २५ हजार दिने

बिहीबार, ३१ असार २०७८, १६ : ०२
बिहीबार, ३१ असार २०७८

नेपाली कांग्रेसको बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिले २०७८ बैशाखयताका बाढी पहिरो पीडितको परिवारलाई प्रति परिवार २५ हजार रुपैया दिने भएको छ ।
बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिको विहिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रति परिवार २५ हजार रुपैया उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् । 

बाढी पहिरो पीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ यही असार ४ गते बसेको केन्द्रीय समिति बैठकले बाढी पहिरो पीडित विपद् व्यवस्थापन केन्द्रीय समिति गठन गरेको थियो । बाढी पहिरो लगायतका प्राकृतिक विपद् सधै आइरहने भएकाले नियमित क्यालेन्डर जस्तै गरि व्यहोर्नु परेकाले यसको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्य साथ समिति बनेको बताए । 
उनले समितिले २०७८ साल यता बाढी पहिरो पीडितहरुलाई मृतकका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैया दिने निर्णय गरिसकेकाले त्यसका लागि स्रोत जुटाउने विषयमा समितिमा छलफल हुने बताए । उनले मुलुकभरबाट बाढी तथा पहिरोले पुराएको भौतिक र मानविय क्षतिबारे तथ्यांक संकलन गरि राहत उपलब्ध गराइने जानकारी दिए । 

उनले समिति गठन गर्दा कांग्रेस सरकारमा नभएको र अहिले सरकारमा पुगेकाले अझै समितिको दायित्व बढेको बताए । बस्नेत संयोजकत्वको समितिमा सहसंयोजक दिव्यमणि राजभण्डारी, सचिवमा किरण गिरी ,कोषाध्यक्षमा कल्पना चौधरी छन् । त्यसैगरी समितिका सदस्यहरूमा भूमि बहादुर गुरुङ, रामबहादुर विष्ट, बहादुर सिंह थापा, राजीव विक्रम, तिर्थ बहादुर लामा, ललितजंग शाही, देवराज चालिसे, नगिना यादव छन् । 
 त्यसैगरी आमन्त्रित सदस्यहरूमा पुर्व गृहसचिव जनार्दन नेपाल, दीर्घबहादुर केसी, चेतनाथ ढकाल, रहेका छन् । सबै पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले मनोनित गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप