काँग्रेसभित्र क्रियाशील सदस्यता वितरण विषय जटिल बन्दै

नेपाली काँग्रेसको १४ औ महाधिवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ । क्रियाशील सदस्यता नवीकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्युनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ट कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरु संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरुले क्रियाशील सदस्यता वितरण भएको धाँधली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशिल सदस्यता वितरण गरेको दाबी सहित निर्णय सच्याउन माग गरेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ का महासमिति सदस्य राम उदय यादवले विधि र विधान भन्दा बाहिर गएर मनपरी ढंगले सदस्यता वितरण गरिएको बताए । उनले सभापतिलाई वाईपास गरेर , नगर सभापतिलाई जानकारी नै नगराई एकलौटी कब्जा गर्ने मनसायका साथ क्रियाशिल सदस्यता वितरण गरिएको बताए । उनले ३३ वटा वडामा विधान मिचेर सदस्यता वितरण गरिएको दाबी गरे । उनले विधान मिचेर वितरण गरिएका सदस्यता खारेज नगरे आफुहरु आमरण अनसन बस्ने चेतावनी पनि दिए ।
त्यसैगरी नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ता पनि सदस्य वितरणमा धाँधली भएको भन्दै धर्ना बसेका छन् । नेपाली कांग्रेस जीतपुर वडा नम्बर ७ का सभापति रामबाबु गुप्ताले आफ्नो वडाबाट मात्रै ९६ जनालाई चोरबाटोबाट सक्रिय क्रियाशिल सदस्यता थप्ने काम भएको दाबी गरे । उनले यसबारे सम्बन्धित् निकायलाई जानकारी गराई ध्यानाकर्षण गराउँदा पनि नभएपछि आफु केन्द्रमा आएर धर्ना बसेको बताए ।
धनुषाका पुर्व सांसद डाक्टर चन्द्र मोहन यादवले लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीको केन्द्रीय कार्यालयमा न्याय माग्न धर्ना बस्नुपर्ने अवस्था श्रृजना हुनु विडम्बनापूर्ण भएको बताए । धनुषाको क्षेत्र नम्बर १ र ४ मा एकपक्षीय ढंगले नया क्रियाशिल सदस्यता थप्ने काम भएको भन्दै त्यो नसच्चिए सम्म आफुहरु पार्टी कार्यालयमा धर्ना बस्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर
-
सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी
-
नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण जेठमा
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो