देशभर हल्कादेखि मध्यम वर्षा हुने

मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् नीराजन सापकोटाले जानकारी दिए । उनका अनुसार आगामी आइतबारदेखि मनसुन थप सक्रिय भई देशको पश्चिमी भूभागमा भारी वर्षा तथा अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ ।
हाल देशभर सामान्य बदली रही प्रदेश नं एक, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकामा ९.५ मिलीमिटर वर्षा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा
-
रौतहटमा रोकिएन हात्तीको विध्वंश
-
पाल्पा र डडेल्धुरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
सीके राउतको फुर्सद भएपछि पार्टी एकता हुन्छः रञ्जिता श्रेष्ठ
-
श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का
-
ग्यालेक्सीसँग हार्यो संस्कृति इन्टरनेशनल