शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भीमदत्त नगरपालिकामा कुटपिटबाट एक पुरुषको मृत्यु

बिहीबार, ३१ असार २०७८, १५ : ०७
बिहीबार, ३१ असार २०७८

भीमदत्त नगरपालिका–  १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो । 

कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप