शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सार्वजनिक यातायातमा बढाइएको भाडा फिर्ता लिन माग

बिहीबार, ३१ असार २०७८, १४ : ५६
बिहीबार, ३१ असार २०७८

उपभोक्ताकर्मी संस्था कन्जुमर आई नेपालले सार्वजनिक यातायातमा बढाइएको भाडादर अबिलम्ब फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ । जाँदाजाँदै केपी शर्माओली नेतृत्वको सरकारले उपभोक्ता सर्वसाधारण जनताको ढाड सेक्ने गरी सवारी साधनको भाडा बृद्धि गरेको भन्दै संस्थाले देउवा सरकारसँग भाडा वृद्धि फिर्ता लिन आग्रह गरेको हो । 

पेट्रोलियम पदार्थ, गाडीको स्पेयर पार्टस् टायर, ट्युव, लुब्रिकेन्ट लगायतका अटो सामाग्रीहरुमा कर तथा राजश्व छुट लिएर राज्यले मूल्य समायोजन गर्नुपर्नेमा उपभोक्ताको ढाड सेक्ने गरी अधिकतम २८ प्रतिशत सम्म मूल्य बृद्धि गराएको भन्दै कन्जुमर आई नेपालका महासचिव रञ्जन खनालले विरोध जनाएका हुन् । उनले बढाइएको भाडा अबिलम्ब फिर्ता लिन समेत सरकारसँग जोडदार माग गरेका छन् ।

गत बुधबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले बढ्दो महँगी, पेट्रोलियम पदार्थको मूल्य बृद्धि लगायत गाडीको स्पेयर पार्टसहरुको मूल्य बृद्धिलाई मध्यनजर गर्दै अन्तर प्रदेश (लामा दुरीका) यात्रुबाहक सवारी तथा मालबाहक ढुवानी साधनको भाडा बृद्धि गरेको थियो । 

यस्तो भाडा बृद्धि अन्तर प्रदेश सार्वजनिक यातायातमा अधिकतम २८ प्रतिशतले भाडा बृद्धि गरेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २० प्रतिशतले र तराईको बाटो भएर सञ्चालन हुने मालबाहक सवारी साधनको अधिकतम २६ प्रतिशतले मूल्य बृद्धि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप