गुल्मीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिहीबार, ३१ असार २०७८, १४ : ३५

गुल्मीको सदरमुकाम नजिकै अर्खलेमा मोटरसाईकललाई जिपले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । धुर्कोटबाट सदरमुकाम तम्घास आउँदै गरेको भे १ च १९४३ नम्वरको बोलेरो जिपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३१ बर्षीय सुजन पाण्डेको मृत्यु भएको हो । बोलेरो जीपको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
दुर्घटनास्थलबाट उनलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालका मेसु डा. उत्तम पाच्याले उनको घटनास्थलमै मृत्यु भएको बताए । मोटरसाईकल सडकदेखि तल झरेको बताइएको छ । जिपमा सवार ५ जनामध्ये चारजना सामान्य घाइते भई जिल्ला अस्पतालमा ल्याइएको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष घमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प