नेपाल इन्भेष्टमेन्ट बैंक ‘यूरोमनि अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित
बिहीबार, ३१ असार २०७८, १४ : २६
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ‘यूरोमनि अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित भएको छ । बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यसअघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो । युरो म्यागेजिनले वित्तीय क्षेत्रमा उत्कृष्ट बैंकलाई वार्षिक रुपमा प्रदान गर्दै आएको यो अवार्ड निकै प्रतिष्ठित मानिन्छ ।
सन् १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो । यस अवार्ड विश्वको १०० वटा देशहरुमा सञ्चालन हुने गरेको छ । । बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ ।
निकै राम्रो सेवा र व्यापारको कारण ‘बैंक अफ द इयर’ अवार्डबाट पाँच पटक सम्मानित इन्भेष्टमेन्ट बैंक यसअघि २०१८ मा समेत यस अवार्डबाट सम्मानित भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी