मिदिम खोला- १ जलविद्युत आयोजना निर्माण हुने, लक्ष्मी बैंकले कर्जा लगानी गर्ने

गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होला सोथार र मर्स्याङ्दी गाँउपालिका अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लिले कर्जा लगानी गर्ने भएको छ ।
हालैमात्र बैंकले जलविद्युत निर्माण कम्पनी माउन्ट रसुवा हाइड्रोपावर प्रा.लिसँग कर्जा लगानीको सहमति गरेको हो । कुल लागत २ अर्ब ९३ करोड ८२ लाख रहेको छ । उक्त आयोजनामा बैंकले लागतको ७० प्रतिशत लगानी गर्ने सहमति गरेको छ भने बाँकी रहेको ३० प्रतिशत निर्माण कम्पनी आफैले व्यहोर्ने सम्झौता भएको छ ।
कुल उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउन्ट रसुवा हाइड्रोपावर प्रा.लि.ले झण्डै ८३.१७ मेगावाट आवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यसका लागि जलविद्युत आयोजना र विद्युत प्राधिकरणबीच गत माघ ७, २०७५ सालमै विद्युत खरिद बिक्रीको सम्झौता भइसकेको छ ।
उता उर्जा मन्त्रालयले यस आयोजना निर्माणका लागि गत सालको कातिक ३ गते विद्युत उत्पादनको अनुमति दिएको थियो । आयोजना जुलाई २०, २०२३ मा सञ्चालनबाट सञ्चालनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ निरन्तर विश्वका प्रदूषित सहरको सूचीमा, जोगिन के गर्ने ?
-
प्रचण्डद्वारा सैनामैनालाई खेलकुद हबका रूपमा विकास गर्ने प्रतिबद्धता
-
सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत
-
प्रधानमन्त्री ओलीको दृश्य काटिएपछि ‘राजागञ्ज’ सेन्सर पास
-
स्थानीय तहलाई पशुपन्छीमा देखापर्ने रोगको रिपोर्टिङ गर्न आग्रह
-
एसईईमा ४ जिपीए ल्याए १ लाख पुरस्कार दिने बारपाकको घोषणा