ओली समूहका सांसद मन्त्री माग्दै बूढानीलकण्ठमा !
एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै उनको समूहका सांसदले कित्ता परिवर्तन गर्न सिलसिलाको थालनी भएको छ । यही सिलसिलामा ओली क्याबिनेटका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको खुलासा भएको छ ।
देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै ओलीनिकट एकजना एमाले सांसदले देउवासँग आफूलाई मन्त्री बनाइदिन आग्रह गरेका छन् ।
बूढानीलकण्ठ पुगेका ती एमाले सांसदले देउवालाई भने, ‘तपाईले विश्वासको मत त लिनैपर्छ, त्यसबेला म केपी ओलीतिरका ८ जना सांसदलाई फ्लोर क्रस गराएर भोट हाल्न लगाउँछु, यस वापत मलाई पनि सरकारमा सहभागी भएर जनताको सेवा गर्ने अवसर मिलाइदिनुपर्यो ।’
ओली क्याबिनेटमा काम गरेका ती पूर्वमन्त्रीले देउवासँग भने, ‘तपाईलाई एमालेका सांसदको मत चाहिन्छ भने ठिकै छ, चाहिँदैन भने म केही भन्दिनँ ।’
बूढानीलकण्ठ स्रोतले ओली पक्षका पूर्वमन्त्री देउवा निवासमा आएको पुष्टि गर्यो । तर, गोपनीयताका कारण उनको नाम भने ‘एक्स्पोज’ नगरिदिन आग्रह गर्यो । स्रोतले रातोपाटीसँग भन्यो, ‘अहिले नाम उल्लेख नगरौं, तर उनी सुदूरपश्चिमका एमाले सांसद हुन् । पछिल्लोपटक केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा हटाएपछि उनी ओलीसँग रिसाएका रहेछन् ।’
ओली समूहबाट कित्ता परिवर्तन गरेर मन्त्री बन्ने दौडमा लागेका ती एमाले सांसद ओली क्याबिनेटको मन्त्री बनेका बेला विभिन्न अभिव्यक्तिका कारण विवादमासमेत तानिएका थिए ।
प्रधानमन्त्री देउवाले नेकपा एमालेको कोटाबाट मन्त्री बनाउँदा माधव नेपालको सिफारिसअनुसार मात्रै मन्त्रीको छनोट गर्ने भएकाले ओली पक्षका ती सांसदले मन्त्री खान पाउने सम्भावना चाहिँ न्यून छ ।
तथापि उनले आफूसँग ८/९ जना सांसदहरु रहेकाले माधव नेपालसँग पनि यसबारेमा कुरा गर्ने र मन्त्री बनाइएमा ओलीको कित्ता छाडेर माधव नेपालतर्फ लाग्ने बूढानीलकण्ठलाई वचन दिएको स्रोतले बतायो । देउवाले विश्वासको मत नपाएर सरकार ढल्ने अवस्था आएमा आफूले काँध थाप्ने ती नेताले वचन दिएको बुझिएको छ ।
स्रोतका अनुसार उनले शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि बूढानीलकण्ठमा पुगेर बधाई दिइसकेका छन् । तर, त्यसअघि सर्वोच्च अदालतको फैसला नै नआइकन पनि उनले बूढानीलकण्ठमा पुगेर देउवालाई संसद पुनःस्थापनापछि फ्लोर क्रस गर्ने वचन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण