मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषको खराब यौन स्वास्थ्यबारे जानकारी दिने यी चार लक्षण

बिहीबार, ३१ असार २०७८, १३ : ०४
बिहीबार, ३१ असार २०७८

जब सेक्ससँग सम्बन्धित समस्याको कुरा आउँछ तब पुरुष सधैं यो कुरा कसैलाई पनि भन्न नपरेपनि हुन्थ्यो भनेर सोच्ने गर्छन् । डाक्टरलाई आफ्नो समस्या भन्नबाट हिच्किचाउँछन् । तर डाक्टरले भने यौन स्वास्थ्यलाई गम्भीरताका साथ लिन सल्लाह दिन्छन् । किनभने वास्तवमा यसले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्छ ।

दुर्भाग्यवश नेपालसहित संसारका थुप्रै देशमा यौन स्वास्थ्यबारे कुरा गरिँदैन । सेक्सका चर्चित विशेषज्ञले पुरुषले आफ्नो यौन स्वास्थ्यबारे समय हुँदा नै जानकारी भएको खण्डमा मात्रै यसको उपचार सम्भव भएको बताउने गर्छन् । एक एन्ड्रोलोजिस्टले यौनसम्बन्धि रोगबारे पत्ता लगाएर यसको उपचार गर्न सक्छन् ।

एन्ड्रोलोजिस्ट एक यस्ता दक्ष युरोलोजिस्ट हुन् जसले पुरुषमा बाँझोपन र यौन स्वास्थ्यसँग सम्बन्धित गम्भीरतालाई बुझ्न सक्छन् । विज्ञका अनुसार यदि कुनै व्यक्तिमा यौनसम्बन्धि यी चार प्रकारका समस्या महसुस भइरहेको छ भने उनीहरुले तुरुन्त एन्ड्रोलोजिस्टलाई सम्पर्क गर्नुपर्ने हुन्छ ।

शीघ्रपतनः

यदि यौन क्रियाकलापपछि तपाईंको शीघ्रपतन भइरहेको छ भने तपाईं प्रिमेच्योर एज्याकुलेशनद्वारा पीडित भएको हुनसक्छ । यो समस्या धेरैजसो कम उमेरका नौजवानमा देखिने गर्छ । यद्यपि, यो समस्या कुनै पनि उमेर समूहमा देख्न सकिन्छ ।

यूरो एन्ड्रोलोजिस्ट्सका अनुसार प्रिमेच्योर इज्याकुलेशन बढी उमेर भएकाहरुमा इरेक्टाइल डिसफङ्सनको वार्निङ साइन पनि हुनसक्छ । यसले मानिसहरुमा एन्जाइटी डिसअर्डरको चेतावनीको कार्य पनि गर्नसक्छ ।

यौनइच्छामा कमीः

यौनइच्छामा कमीको अर्थ यौनको विषयमा तपाईंको इच्छा कम भइसकेको छ । यो समस्या पुरुषको हर्मोन टेस्टोस्टेरोनको कमीसँग पनि सम्बन्धित छ । वास्तवमा शरीरमा टेस्टोस्टेरोनको सम्बन्ध हाम्रो सेक्स ड्राइभ, स्पर्म प्रोडक्सन, मांसपेशी, कपाल र हड्डीसँग सम्बन्धित हुन्छ ।

डाक्टरका अनुसार टेस्टोस्टेरोनको कमीले मानिसको शरीर र मुडलाई प्रभावित गर्न सक्छ । डिप्रेशन, एन्जाइटी वा सम्बन्धमा समस्या यौनइच्छाको कमीका कारण पनि हुनसक्छन् । यसबाहेक मधुमेह, उच्च रक्तचापसमेत एन्टिीडिप्रेसेन्टजस्ता विभिन्न प्रकारका उपचारले पनि यस्तो समस्या झन् बढाएको हुनसक्छ ।

बाँझोपनः

बाँझोपनमा पुरुषले करिब ४० देखि ५० प्रतिशत योगदान दिने गर्छन् । गर्भधारण गर्न अयोग्य हुनुका थुप्रै प्रमुख कारण हुनसक्छन् । असन्तुलित हर्मोन र सेक्सुअल डिसफङ्सनसमेत थुप्रै कारणले पुरुष बाँझोपनको शिकार हुनसक्छन् ।

इरेक्टाइल डिसफङ्सनः

शारीरिक सम्बन्ध स्थापित गर्नका लागि आवश्यक पर्ने इरेक्सन तपाईंलाई प्राप्त गर्न र त्यसलाई कायम राख्न कठिनाई हुन्छ भने तपाईं इरेक्टाइल डिसफङ्सनद्वारा पीडित हुनसक्छन् । यस्तो समस्या त्यतिबेला हुन्छ जब मानिसको गुप्ताङ्गसम्म रक्त सञ्चार राम्रो हुन सक्दैन ।

थुप्रै पटक त यो समस्या शरीरिक अवस्था, मुटुजन्य रोग, थाइराइड बिग्रँदा, मधुमेह र हाइपरटेन्सनसँग सम्बन्धित हुनसक्छ । डाक्टरका अनुसार यो समस्या एन्जाइटी, स्ट्रेस र डिप्रेसनजस्ता मानसिक अवस्थासँग पनि सम्बन्धित हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप