शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेरिल्याण्डमा नेपाली भाषीहरु बीचमा ‘साथी कप’ फुटबल सम्पन्न

बिहीबार, ३१ असार २०७८, १३ : ००
बिहीबार, ३१ असार २०७८

अमेरिकाको मेरिल्याण्डमा नेपाली भाषीहरुको बीचमा ‘साथी कप’ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मेरिल्याण्ड राज्य भित्रका नेपाली भाषी युवाहरुलाई खेलबाट जोड्न ‘साथी बाल्टिमोर’ ले प्रतियोगिताको आयोजना गरेको थियो । 

मेरिल्याण्ड राज्यभित्रका आठ टिमका १ सय ७६ खेलाडीहरूको सहभागी रहेको प्रतियोगिता असार २६ र २७ मा सम्पन्न भएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार घिमिरे होम्स र दोस्रो पुरस्कार एनआरएनए मेरिल्याण्ड च्याप्टरले प्रायोजन गरेको थियो । प्रथम पुरस्कार राशि २ हजार पाँच सय अमेरिकी डलर र दोस्रो पुरस्कार राशि १ हजार ५ सय अमेरिकी डलर थियो ।

वाल्टिमोरको पुरानो फुटबल क्लब बाल्टिमोर एथलेट्टिक्सले प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । एभरेष्ट फुटबल क्लबले दोस्रो स्थान हासिल गरेको छ । खेलमा ६ गोल गरेका सुदिप विश्वकर्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।  

पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल, अवैतनिक महावाणिज्य दूत प्रेमराजा महत, मेरिल्याण्ड राज्यका डेलिगेट्स ह्यारी भण्डारी, कार्ल ज्याक्सन, जे जेलिसी, कम्पट्रोलर अफ मेरिल्याण्डका चार्लुस योङ्ग र मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली लगायतको उपस्थिति थियो ।

समापनमा कम्पट्रोलर अफ मेरिल्याण्ड पिटर फ्रानचोटले सहभागी सबै टिमलाई सम्मान स्वरुप अफिसियल सम्मान पत्र (साईटेशन) दिएका थिए । साथी वाल्टिमोरले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप