आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आन्तरिक कर्जा २१.५ प्रतिशतले वृद्धि

बिहीबार, ३१ असार २०७८, १२ : २०
बिहीबार, ३१ असार २०७८

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल आन्तरिक कर्जा २१.५ प्रतिशतले बढेको छ । 

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १२.९ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा यस्तो कर्जा २२.२ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २५.२ प्रतिशतले बढेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १३.२ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २४.६ प्रतिशतले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप