बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

११ महिनामा कति भयो अन्तर–बैंक कारोबार ?

बिहीबार, ३१ असार २०७८, १२ : १७
बिहीबार, ३१ असार २०७८

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा वाणिज्य बैंकहरुको रु १४२९ अर्ब १६ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु १८५ अर्ब १६ करोड गरी कुल रु १६१४ अर्ब ३२ करोडको अन्तर–बैंक कारोबार भएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु १४६९ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरुको रु १२१ अर्ब ४२ करोड गरी कुल रु १५९१ अर्ब २३ करोड अन्तर बैंक कारोबार भएको थियो । 

यसैगरी बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ जेठमा २.८० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको जेठमा ३.२१ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७८ जेठमा ३.२४ प्रतिशत रहेको पनि राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ जेठमा ८.६६ प्रतिशत रहेकोमा २०७८ जेठमा ६.६६ प्रतिशत कायम भएको छ । यस्तै २०७८ जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ६.१७ प्रतिशत र १०.४३ प्रतिशत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप