बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.२ प्रतिशतले अधिमूल्यन

बिहीबार, ३१ असार २०७८, १२ : १०
बिहीबार, ३१ असार २०७८

गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालू आर्थिक वर्षको जेठ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.२ प्रतिशतले अधिमूल्यन भएको छ ।  

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ९.७ प्रतिशतले अवमूल्यन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

२०७८ जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु ११६.६२ कायम हुँदा २०७७ असार मसान्तमा उक्त विनिमय दर रु १२०.३७ रहेको थियो ।

यसैगरी २०७७ असार मसान्तमा रु १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.६ प्रतिशतले कमी आई २०७८ जेठ मसान्तमा रु १३६५ अर्ब ६५ करोड कायम भएको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ जेठ मसान्तमा ०.६ प्रतिशतले वृद्धि भई ११ अर्ब ७१ करोड पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप