शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चालु खाता २९३ अर्ब ९७ करोडले घाटामा

बिहीबार, ३१ असार २०७८, १२ : ०६
बिहीबार, ३१ असार २०७८

चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा राज्यको चालु खाता रु २९३ अर्ब ९७ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको छ ।

यसैगरी समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.४ प्रतिशतले वृद्धि भई रु १४ अर्ब १५ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई रु १६ अर्ब २० करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु १३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १८ अर्ब ७२ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु १५ अर्ब १५ करोडले घाटामा रहेको छ । 

यसैगरी अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु १७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप