मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

करिना कपुरको किताबको नाममा विवाद, ऊजुरी दर्ता

बिहीबार, ३१ असार २०७८, ११ : ५९
बिहीबार, ३१ असार २०७८

आफ्नो विवाहदेखि बच्चाको नामका लागि पनि विवादमा रहेकी बलिउड अभिनेत्री करिना कपुर खान अब नयाँ विवादमा घेरिएकी छिन् ।

वास्तवमा करिनाले आफ्नो गर्भावस्थाको दिनबारे एउटा किताब लेखेकी छिन् । करिनाले यसको नाम प्रेग्नेन्सी बाइबल राखेकी छिन् जसमा इसाई संगठन र अल इन्डिया माइनोरिटी बोर्ड (एआईएमबी) ले आपत्ति जताएको छ ।

किताबको नामको विषयमा अब महाराष्ट्रको बीड जिल्लामा एक इसाई संगठनले थानामा करिना कपुर र अन्य दुई जनाविरुद्ध शिवाजी नगर पुलिस स्टेशनमा ऊजुरी दर्ता गरेका छन् । ऊजुरीकर्ताले उक्त किताबमा इसाइको पवित्र शब्द ‘बाइबल’ प्रयोग गरेको बताउँदै यसले उनीहरु र क्रिश्चियन समुदायको धार्मिक भावना आहत भएको बताएका छन् ।

करिना कपुर किताब सार्वजनिक भएदेखि नै विवादमा छिन् । अल इन्डिया मोनिटरिङ बोर्डले पनि यो किताबको टाइटलमाथि आफ्नो आपत्ति जताइसकेको छ । बोर्डका अध्यक्ष डायमण्ड यूसुफले पनि नाममा आपत्ति जताउँदै लेखिकाविरुद्ध मुद्दा दर्ता गर्ने बताएका थिए ।

करिनाले बताइन् आफ्नो तेस्रो बच्चाः

४० वर्षकी करिनाले ९ जुलाई २०२० मा आफ्नो किताब प्रेग्नेन्सी बाइबल सार्वजनिक गरेकी थिइन् । नायिकाका अनुसार यो किताबमा उनी गर्भवती भएका बेला उनले शरीरिक र मानसिक रुपमा कस्तो महसुस गरेकी थिइन् भन्नेबारे जानकारी दिइएको छ । करिनाले किताबलाई आफ्नो तेस्रो सन्तान बताएकी थिइन् । यसै वर्ष फेब्रुअरीमा करिनाले आफ्नो दोस्रो सन्तानलाई जन्म दिएकी थिइन् । यसअघि उनी आफ्नो पहिलो सन्तान तैमुरको नामका लागि पनि चर्चामा रहेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप