शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यो वर्ष होला त सौगात र सृष्टिको विवाह ?

बिहीबार, ३१ असार २०७८, ११ : २४
बिहीबार, ३१ असार २०७८

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीचको प्रेम चलचित्र वृत्तमा नौलो विषय होइन । पछिल्लो समय उनीहरु लिभिङ टुगेदरमा रहेको समाचार समेत आउने गरेका छन् । 

केही फिल्ममा सँगै अभिनय गरेका उनीहरुले सुरुका समय भने प्रेम लुकाउने कोसिस गरेका थिए । तर अहिले भने उनीहरु सामाजिक संजाल मार्फत एक अर्काप्रतिको प्रेम बिभिन्न माध्यमले बाहिर ल्याउने गर्दछन् ।

केही समय अगाडि यो जोडी विवाहको तयारीमा पनि थिए । कोरोना लगायत विभिन्न कारणले गर्न उनीहरुको त्यो योजना पुरा हुन सकेन । अहिले पनि यो जोडी विवाहको तयारीमा जुटेको समाचार बाहिर आएको छ । 

अभिनेता सौगातले पनि मिडियासँगको कुराकानीका क्रममा यो वर्ष विवाह गर्ने योजना रहेको बताएका छन् ।

अभिनेता सौगात अहिले फिल्म अभिनयको अलवा निर्माणमा पनि सक्रिय छन् । सुवर्ण थापाको निर्देशन रहेको फिल्म ‘सेक्रेट्स अफ राधा’मा उनको समेत लगानी रहेको छ । यो फिल्म निर्माणमा उनलाई सृष्टिले पनि साथ दिएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप