रियल म्याड्रिड छाडेर कहाँ जालान् बेल ?
युरो २०२० मा डेनमार्कसँग पराजित भएर वेल्स बाहिरिएसँगै प्रश्न तेर्सिएको थियो– अब ग्यारेथ बेल कहाँ जान्छन् ? कुनै समयका विश्वकै महंगा खेलाडी बेल अहिले रियल म्याड्रिडको योजना समेत पर्दैनन् ।
रियलले उनलाई मनपर्ने प्रशिक्षक कार्लो एन्सिलोट्टीलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । एन्सिलोट्टी तिनै प्रशिक्षक हुन्, जसले बेललाई टोट्टेनह्यामबाट विश्व किर्तिमानी मुल्यमा रियल भित्र्याएका थिए । तर, यी प्रशिक्षकले पनि अहिले बेललाई टोलीमा ठाउँ दिन खासै चासो देखाएका छैनन् ।
३१ वर्षीय बेल कुनै समय रियल म्याड्रिडका नायक थिए । रियललाई चारपटक च्याम्पियन्स लिग जिताउन उनको भूमिका महत्त्वपूर्ण थियो । तर, यी सबै इतिहास भइसकेको छ । गत सिजन टोट्टेनह्यामबाट ऋणमा खेलेका बेल अहिले रियलका लागि समस्यामात्रै हुन् । उनी टोलीमा पर्नका लागि संघर्ष गर्नुपर्ने अवस्थामा छन् । जबकी, सम्झौताअनुसार रियलले प्रतिसिजन ६० मिलियन युरो तलब दिइरहेको छ, जसअनुसार उनी विश्वका सबैभन्दा महंगो खेलाडीको सुचीमा पर्छन् । बेलसँगको रियलको सम्झौता ३० जुन २०२२ मा मात्रै समाप्त हुनेछ ।
बेललाई यति महंगो तलब खुवाउने रुची अन्य ठूला क्लबमा छैन, त्यहीकारण उनीहरुले यी खेलाडीमा चासो देखाएका छैनन् । जसकारण, बाध्य भएर रियलले अर्को एक वर्ष पनि बेललाई पाल्नुपर्ने अवस्था आउनसक्छ ।
बेल यस सिजन कार्डिफमा जाने चर्चा पनि चलेको छ । वेल्सको यो क्लब इंलिस फुटबलको दोस्रो डिभिजनमा छ । त्यसैगरी, टोट्टेनह्याम पनि बेलमा इच्छुक हुनसक्छ । गत सिजन ऋणमा उनले टोट्टेनह्यामबाट राम्रो खेले, , तर यहाँ पनि तलबकै कुरा आउँछ ।
डेभिड बेकह्यामको स्वामित्वमा रहेको अमेरिकी क्लब इन्टर मियामीले पनि बेलमा रुची देखाएको छ । यसबाहेक चाईनिज सुपर लिग अर्को विकल्प हो । हेरौं, बेलको भविष्य कस्तो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म