बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

युरोका सर्वोत्कृष्ट खेलाडी पिएसजीमा आबद्ध

बिहीबार, ३१ असार २०७८, ११ : ०८
बिहीबार, ३१ असार २०७८

इटालियन गोलकिपर गियानलुईगी डोनारुम्मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) मा आबद्ध भएका छन् । एसी मिलानसँगको सम्झौता सकिएपछि उनी पिएसजीमा आबद्ध भएका हुन् । 

डोनीरुम्मा युरोकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । फाइनलमा उनले दुईवटा पेनाल्टी रोक्दै इटलीलाई १९६८ पछि पहिलो युरोकप जिताए । पिएसजीले यसअघि नै जर्जिनियो विज्नाल्डुम, अकराफ हाकिमी र सर्जियो रामोसलाई टोलीमा आबद्ध गरिसकेको छ । युरोपेली च्याम्पियन्स लिग फुटबल जित्नेगरी पिएसजीले तयारी गरेको हो । त्यहीकारण उसले सबै पोजिसनमा उत्कृष्ट खेलाडीहरु तयार गरेको छ । 

डोनारुम्माले पिएसजीसँग पाँच वर्षे सम्झौता गरेका छन् । उनको आगमनसँगै पिएसजीका गोलकिपर किलर नाभास समस्यामा परेका छन् । कोस्टारिकाका यी गोलकिपर निर्विवाद रुपमा पिएसजीको पहिलो रोजाईका गोलकिपर थिए । तर, अब २२ वर्षीय डोनारुम्माले उनलाई दोस्रो रोजाइमा विस्थापित गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप