शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

इनारमा फालेको अवस्थामा एक नवजात शिशुको शव फेला

बिहीबार, ३१ असार २०७८, १० : ५१
बिहीबार, ३१ असार २०७८

सिरहा । सिरहामा इनारमा फालेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी सिरहाका अनुसार सिरहाको धनगढीमाई नगरपालिका ७ कसहामा रहेको इनारमा एक नवजात शिशुको शव भेटिएको छ । कसहा चोकदेखि करिब १५० मिटर दक्षिणमा रहेको भोगेन्द्र महतोको इनारमा शिशुको शव फेला परेको हो ।

बच्चा जन्मे लगत्तै इनारमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । इनारमा गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि शिशुलाई इनारबाट निकालिएको छ । 

घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिशुको शव पोस्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारिका अस्पताल लहानमा राखेको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप