आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जन्मकैद सजाय तोकिएको साढे ३ दशकपछि पक्राउ

बिहीबार, ३१ असार २०७८, १० : १३
बिहीबार, ३१ असार २०७८

अदालतबाट जन्मकैद सजाय पाएका एक अभियुक्त साढे ३ दशकपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका सबैला नगरपालिका ४ का अन्दाजी ६० वर्षीय बिकरु यादवलाई ३५ वर्षपछि प्रदेश प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि २०३८ सालमा आफ्नै गाउँका सुकना यादवको हत्याको आरोपमा सजाय तोकिएको थियो । 

बुधवार २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको टोलीले विकरुलाई खेतमा काम गरिरहेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको थिए छ । धनुषा प्रहरीले उनलाई अदालतमा बुझाएपछि झुम्का कारागार पठाइने तयारीमा रहेको प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

अहिले विकरु यादव ७० वर्षका भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप