देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
बिहीबार, ३१ असार २०७८, १० : १०
![देउवाले बोलाए मन्त्रिपरिषद् बैठक](https://rpcdn.ratopati.com/media/albums/PM_Deuba_aN23SRh19G.jpg)
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए । आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।