मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

विराटनगरबाट एक भारतीय नागरिक पक्राउ

बिहीबार, ३१ असार २०७८, ०९ : ५०
बिहीबार, ३१ असार २०७८

सशस्त्र प्रहरीले हतियार र लागूऔषधसहित भारतीय एक नागरिकलाई बुधबार राति विराटनगरबाट पक्राउ गरेको छ ।  भारतको जोगवनीबाट विराटनगरबाट भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई  हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरी बल मोरङका डीएसपी गोपीकृष्ण ठाकुरले  प्लाष्टिकको झोलाभित्र राखेर ल्याउँदै गरेको अवस्थामा पटेलको साथबाट एउटा कटुवा पेस्तोल‚ लागूऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद गरिएको  बताए । 

पटेललाई विराटनगर महानगरपालिका स्थित भत्केको वालनजिकबाट पटेललाई राति १०ः२८ बजेतिर पक्राउ गरिएको ठाकुरले बताए । शंकास्पद रूपमा पैदल नै नेपाल प्रवेश गरेका पटेललाई नियन्त्रणमा लिएर खानतलासी गर्दा हतियार र लागूऔषध बरामद भएको थियो ।

सशस्त्र प्रहरीले पटेललाई आवश्यक कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ । प्रहरीले उनीविरुद्ध लागूऔषध र हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ । 

प्रहरीका अनुसार उनी भारतको जोगवनीमा बसेर नेपाल केन्द्रित कारोबार सञ्चालन गरिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप