अमेरिकामा एक नेपालीद्वारा अर्को नेपालीको गोली हानी हत्या

अमेरिकाको न्यूजजर्सीस्थित मावा भन्ने शहरमा एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन् । गत सोमबार राति ९ः४४ मा अमेरिकाको न्यूजर्सीको एक इन्धन चौकी (ग्यास स्टेसन) तथा सुलभ पसलमा काम गर्ने २३ वर्षिय मिलन घिमिरेले ५६ वर्षिय फू छेवाङ्गलाई गोली हानी हत्या गरेका हुन् । गोली प्रहार गरेपछि घिमिरेले आफै प्रहरीलाई खबर गरेका थिए ।
घिमिरे र छेवाङ्ग संगै काम गर्ने सहकर्मी हुन् । प्रहरीका अनुसार घिमिरेले कैयौँ पटक गोली प्रहार गरेका थिए । छेवाङ्गको शव घटनास्थलमै फेला परेको थियो । घिमिरेलाई न्यूयोर्कको ब्रनक्समा न्यूयोर्क प्रहरी बिभागको आकस्मिक सेवा ईकाईले पक्राउ गरेको छ ।
घिमिरेलाई हत्या गरेको आरोपमा प्रथम श्रेणीको हत्या, गैरकानुनी रुपमा बन्दुक प्रयोग गरेको आरोपमा दोश्रो श्रेणी , अनुमतिबिना बन्दुक राखेकोमा दोश्रो दर्जाको आरोप लगाईएको उजुरीमा लेखिएको छ ।
मावा प्रहरी बिभाग र बर्गन काउन्टीका वादीका कार्यालयले गोली काण्डबारे थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो
-
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, के भन्छ आयल निगम ?
-
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
-
सभामुखको रुलिङ : भारत र पाकिस्तानका नेपालीको आवश्यक सुरक्षा अपनाउनु
-
सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा