शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस पदाधिकारी बैठक स्थगित

बिहीबार, ३१ असार २०७८, ०८ : ००
बिहीबार, ३१ असार २०७८

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक सरेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्ताको कारण बैठक सरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


उनका अनुसार विहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो २ बजेलाई सरेको हो । देउवाले पार्टीका शीर्षस्थ नेतासँग सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र  पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न खोजेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सपथ लिएर देउवाले काँग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री समेटेका छन् । २५ सदस्यीय मन्त्रिमण्डलमा १७ मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राखेका छन् । गठबन्धन र पार्टीभित्र सन्तुलन मिलाएर मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी छ । 

यस्तै क्रियाशील सदस्यताको काम अझै सम्पन्न नभएपछि काँग्रेसको तल्लो तहको अधिवेशनको मिति फेरि सार्ने देखिएको छ । भोलि बस्ने बैठकले केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति केही समय सार्न लागिएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप