शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभाको बर्षे अधिवेशन अन्त्य

बुधबार, ३० असार २०७८, २३ : ३१
बुधबार, ३० असार २०७८

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको बुधबार बसेको बैठकले असार ३० गते राती १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो । बुधबार दिउँसो ३ बजे बसेको प्रदेशसभाको आठौँ अधिवेशनको १८ औं बैठक एमालेले कार्यसूचीमा प्रवेश गर्न दिएको थिएन ।

त्यसपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि बैठक सूचारु नै हुन सकेन । त्यो बीचमा सर्वदलीय बैठक बसेपनि सहमति जुट्न नसकेपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । सर्वदलीय सहमति जुटाउन नसकेपछि अब बजेट अध्यादेशबाट आउने निश्चित भएको छ ।  

यसैबीच कर्णाली प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको जनाएको छ । बुधबार राती एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयको सिफारिसअनुसार अधिवेशन अन्त्य गरिएको उक्त कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप