बेलायतमा संक्रमणदर उच्च, एकैदिन ४२ हजारभन्दा बढी संक्रमित

बेलायतमा एकैदिन ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ४२ हजार ३०२ जना कोरोना संक्रमित फेला परेका हुन् ।
यो संख्या गएको ६ महिनायताकै उच्च हो । अघिल्लो दिन ३६ हजार ६६० जना संक्रमित रहेकोमा आज झन्डै ६ हजार बढी संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ५२ लाख ३३ हजार २०७ पुगेको छ ।
सरकारले आउँदो सोमबारबाट इंग्ल्याण्डमा जारी लकडाउन पूर्ण रुपमा हटाउने घोषणा गरेसँगै संक्रमणदर पनि निरन्तर उकालो लाग्दै गइरहेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुल्ने दिनसम्म संक्रमित संख्या दैनिक ५० हजारसम्म पुग्ने यसअघि नै बताइसकेका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन ५० जना संक्रमितको मृत्यु भएको थियो जुन गत अप्रिल ९ यताकै सबैभन्दा बढी हो । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख २८ हजार ५३० जनाको मृत्यु भइसकेको छ ।
बेलायतमा दुई तिहाइ वयस्कहरुले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ । तीन करोड ५१ लाख ५५ हजार ७६७ जना अर्थात ८७.४ प्रतिशतले खोपको पहिलो डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम