शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रियल म्याड्रिडका अध्यक्षले गरे रोनाल्डोबारे भद्दा मजाक, अडियो सार्वजनिक

बुधबार, ३० असार २०७८, २२ : ४८
बुधबार, ३० असार २०७८

रियल म्याड्रिडका अध्यक्ष फियोरेन्टिनो पेरेजको गोप्य अडियो सार्वजनिक हुने क्रम जारी छ । र, उनले कसैलाई पनि उडाएर टिप्पणी गर्न बाँकी राख्दैनन् भन्ने देखिन्छ । क्रिष्ट्रियानो रोनाल्डो र जोसे माउरिन्हो पनि उनको टिप्पणीको निशानामा छन् । 

ईल कन्फिडेन्सियलले फेरि एकपटक सार्वजनिक गरेको यस गोप्य अडियोमा सन् २०१२ मा पेरेजले रोनाल्डो र माउरिन्होबारे गरेको टिप्पणी समावेश छ । कुराकानीका क्रममा पेरेजेले भनेका छन्, ‘रोनाल्डो पागल हुन् । उनी इडियट हुन् । उनी बिरामी हुन् ।’

उनी थप्छन्, ‘तपाईलाई लाग्ला यी व्यक्ति सामान्य छन्, तर होइन । यदि उनी सामान्य हुन्थे भने उनले जे गरिरहेका छन्, त्यो गर्दैन थिए । पछिल्लो मूर्खता विश्वका सबैजनाले देखेका छन् ....। तपाई किन लाग्छ, उनले त्यस्तो केही मुर्ख काम गरे ?’

पेरेजले रोनाल्डो र माउरिन्हो दुबैसँग ठूलो इगो रहेको र उनीहरु यथार्थवादी नरहेको आरोप लगाएका छन् । ‘रोनाल्डोमाथि जर्ज मेन्डिसको नियन्त्रण छैन, तर माउरिन्होका सवालमा पनि यही लागु हुन्छ, कसैको नियन्त्रण छैन’ पेरेजले भने, ‘अन्तर्वार्ताका लागि पनि उनीहरुले उनलाई सुन्दैनन् । यी दुबै व्यक्तिसँग भयानक इगो छ । उनीहरुले यथार्थ देख्दैनन् । यदि अवस्था फरक हुन्थ्यों भने उनीहरु दुबैले धेरै पैसा कमाउँथे ।’

‘उनीहरु दुबै असामान्य छन् किनकी हामी इमेज राईट्सका विषयमा धेरै पैसा आम्दानी गर्नेबारे कुरा गर्दैछौं । र, यस्तो रिसाहा अनुहारले उनीहरुलाई कसैले पनि मन पराउँदैनन् ...यदि प्रचार फरक हुन्थ्यों भने सबैथोक  परिवर्तन हुन्थ्याें’ उनले थपेका छन् ।

 पेरेजले टिप्पणी गरेका पोर्चुगिजमध्ये माउरिन्हो र रोनाल्डोमात्रै पर्दैनन् । उनले फाबियो कोइन्ट्राओका विषयमा पनि भद्दा टिप्पणी गरेका छन् । ‘उनी दिमाग नभएका अर्का व्यक्ति हुन् र म्याड्रिडले यस्तालाई खान्छ । अहिले उनी डराएका छन् र माउरिन्हो इडियट हुन् । उनी खेल्न चाहदैंनन् भन्ने होइन... उनी थोरै मुर्ख छन्, लाईसेन्स बिना नै ड्राइभिङ गर्छन्’ पेरेजले भनेका छन् । पोर्चुगिज फुटबल एजेन्ट जर्ज मेन्डिसको पनि उनले आलोचना गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप