आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

साउने संक्रान्तिमा कर्णालीमा सार्वजनिक विदा !

बुधबार, ३० असार २०७८, २२ : १९
बुधबार, ३० असार २०७८

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक विदा दिइने भएको छ ।  प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए । 

उनका अनुसार साउन १ गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ । मन्त्रालयले बुधबार सार्वजनिक विदा सम्बन्धी एक सूचना समेत जारी गरिसकेको छ ।  

गत वैशाख १ गते बसेको मन्त्रिपरिषदले साउन १ गतेलाई सार्वजनिक विदा दिन निर्णय गरेको थियो । साउन १ लाई लुतो फाल्ने दिनका रुपमा पनि चर्चा गर्ने गरिन्छ ।  असार महिनाभरी  किसानहरुले धान रोपाइँ गरेर सक्दछन् ।  र, असार महिनाको असारे हिलोबाट लाग्न सक्ने रोगबाट जोगिनका लागि ‘लुतो फाल्ने’ प्रचलन छ । 

प्रचलनअनुसार फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने जनविश्वास रहिआएको छ । विवाहित महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतिक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना समेत गर्दछन् । त्यसैले कर्णालीमा यो दिनलाई किसानहरुका लागि विशेष दिन भएकाले सार्वजनिक विदा दिने निर्णय भएको हो ।  
यस्तै देउडालाई कर्णालीमा सांस्कृतिक प्रतिविम्बका रुपमा लिइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप