गण्डकीमा एमालेको नाराबाजी र होहल्लाकाबीच बजेट पारित
गण्डकी प्रदेशमा बजेट पारित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सरकारले बजेट पारित गरेको हो । बुधबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए ।
प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर, बैठक सुरु हुने वित्तिकै नेकपा एमालेका सांसदले रोस्टम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेका थिए । त्यसपछि पुनः शुरु भएको बैठकमा पनि एमालेले बेल घेराउ गरेपछि प्रतिपक्षी सांसदलाई सभामुखले मार्सल लगाएका थिए ।
मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद घचेडाघचेड भएको थियो । आफूहरुको विरोधका बाबजुद पनि सदन अगाडि बढाउन लागेपछि एमालेले सदन बहिष्कार गरेको थियो । प्रतिपक्ष पार्टी एमालेले राखेका मागका बारेमा कुनै छलफल नै नगरी सरकारले एकलौटी रुपमा पेलेर बजेट पारित गरेको हो । गण्डकी प्रदेशको अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरेका थिए । त्यसपछि संसदमा ठेलमठेल र नाराबाजीका बीच बजेट पारित गरिएको हो ।
प्रतिपक्ष बाहिरिएपछि सभामुखले सत्तापक्षका सांसदलाई बजेटमाथिको छलफलमा बोल्न दिई रीत पुर्याउँदै बजेट पारितको प्रस्ताव राख्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मौका दिएका थिए । त्यसपछि पोखरेलले विनियोजन विधेयक लगायत विधेयक पारित गर्न राखेको प्रस्ताव सत्ता पक्षका बहुमत सांसदले पारित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी