शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको निवास पुगे प्रधानमन्त्री देउवा

बुधबार, ३० असार २०७८, १२ : ००
बुधबार, ३० असार २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् ।

मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल गरेको बुझिएको छ ।

आज मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेका एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई एमालेमा स्वीकार गर्न नकिने बताएका थिए । प्रधानमन्त्री देउवालाई पनि विश्वासको मत लिन नेपाल पक्षको आवश्यकता छ । प्रतिनिधि सभा बचाउन नेपालले फेरि पनि साथ दिने देउवाको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप