केन्द्रीय संस्करण

राष्ट्रपतिबाट कविता महोत्सवका विजयीलाई पुरस्कार प्रदान

person explore access_timeअसार ३०, २०७८ chat_bubble_outline0

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–प्रज्ञा प्रतिष्ठाद्वारा पछिल्ला दुई वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई आज पुरस्कार प्रदान गरेकी छन् । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ती पुरस्कार प्रदान गरिएको हो । प्रथम पुरस्कृत हुनेमा कविता महोत्सव–२०७७ मा ‘नेपालको गीत’  शीर्षकबाट नुवाकोटकी भैरवी भूगोल र यस वर्ष ‘देशको नक्सा’ शीर्षकमा भोजपुरकी कविता राईलगायत रहेकी छन् ।

विसं २०७७ मा लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’  द्वितीय, सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद्ध नेपालको सपना’ शीर्षकका कविता तृतीय भएको थियो । यस वर्ष धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ द्वितीय तथा बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’, ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’ र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ शीर्षकका कविता तृतीय भएको थियो । 

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई  रु ३० हजार प्रदान गरिएको छ । प्रतिष्ठानले स्थापना दिवसका दिन हरेक असार ९ गते महोत्सव आयोजना गर्दै आएको छ । विसं २०१४ मा नेपाली साहित्य, कला एकेडेमीका नाममा स्थापित प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रमा कार्य गर्दै आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.