शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेप्सेमा झिनो वृद्धि, कारोबार रकम साढे ५ अर्बमा सीमित

बुधबार, ३० असार २०७८, १७ : ०५
बुधबार, ३० असार २०७८

बुधबार सेयर बजार परिसूचक नेप्सेमा झिनो वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.०१ अंकले बढेर २ हजार ८७२.०५ विन्दु कायम भएको हो । 

तर, यता आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स भने ०.१४ अंकले घटेर ५३९.३८ विन्दुमा झरेको छ । 
यस दिन होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, म्युचुअल फण्ड र लगानी क्षेत्रका समूहहरुबाहेक अन्य सबै समूह ऋणात्मक भएका छन् । 

आज कुल २१४ कम्पनीका ४ करोड ४७ लाख माथि कित्ता सेयर ५० हजार ५९१ पटक किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५ लाखको कारोबार भएको छ । 

गत मंगलबार १६.३४ अंकले बढेर २ हजार ८७१.०३ विन्दुमा पुग्दा ५ अर्ब ५४ करोड ६३ लाखको कारोबार भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप