सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शुभकामना दिन देउवा निवास पुगे भारतीय राजदूत

बुधबार, ३० असार २०७८, १४ : ०९
बुधबार, ३० असार २०७८

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई तथा शुभकामना दिएका छन् । राजदूत क्वात्रा देउवा निवास बुढानीलकण्ठ पुगेर बधाइ दिएका हुन् । 

दूतावासका अनुसार बधाई ग्रहण गदै प्रधानमन्त्री देउवाले आफूले भारतको साथ मिलेर काम गर्न चाहेको र भारतको सदैव सहयोग रहने अपेक्षा गरिएको धारणा राखेका थिए ।

सम्पूर्ण भारत जनताको तर्फबाट बधाई ग्रहण गर्न राजदूत क्वात्राले आग्रह गरेका थिए । बधाई दिने क्रममा क्वात्राले नेपाल–भारतको सम्बन्धलाई अझै बलियो बनाउन दुई देशको साझा स्वार्थमा मिलेर काम गर्ने धारणा राखेका थिए । नेपालको विकास र समृद्धिमा भारत सधैँ सहयोगी भएर काम गर्न तयार रहेको र देउवाको कार्यकालमा सम्बन्ध र सहकार्य बलियो हुने विश्वास व्यक्त गरेको धारणा उनले राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप