शुभकामना दिन देउवा निवास पुगे भारतीय राजदूत
बुधबार, ३० असार २०७८, १४ : ०९
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई तथा शुभकामना दिएका छन् । राजदूत क्वात्रा देउवा निवास बुढानीलकण्ठ पुगेर बधाइ दिएका हुन् ।
दूतावासका अनुसार बधाई ग्रहण गदै प्रधानमन्त्री देउवाले आफूले भारतको साथ मिलेर काम गर्न चाहेको र भारतको सदैव सहयोग रहने अपेक्षा गरिएको धारणा राखेका थिए ।
सम्पूर्ण भारत जनताको तर्फबाट बधाई ग्रहण गर्न राजदूत क्वात्राले आग्रह गरेका थिए । बधाई दिने क्रममा क्वात्राले नेपाल–भारतको सम्बन्धलाई अझै बलियो बनाउन दुई देशको साझा स्वार्थमा मिलेर काम गर्ने धारणा राखेका थिए । नेपालको विकास र समृद्धिमा भारत सधैँ सहयोगी भएर काम गर्न तयार रहेको र देउवाको कार्यकालमा सम्बन्ध र सहकार्य बलियो हुने विश्वास व्यक्त गरेको धारणा उनले राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण