डिसहोमको ‘खुशीको कनेक्सन’ अभियानको पूर्ण भिडियो सार्वजनिक

डिसहोमले आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको कम्पनीले जनाएको छ ।
यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ । भिडियोमा आफ्नो माइतीघरमा जस्तै कर्म घरमा पनि डिसहोमको छातादेखि नवदुलही केही हदसम्म प्रसन्न हुन्छिन् ।
नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुशीको कनेक्सनमा परिवर्तित हुन्छ । लोकप्रिय गायक अमित बरालको “म तिम्रै हुँ”, गीतमा लयबद्ध अभियानमा नयाँ परिवेशमा नवविवाहिता जोडीबीच डिशहोमसँगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ । नौ वटा स-साना भागहरुलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरु जस्तै क्यूएचडी पिक्चर क्वालिटी, पीपीभी, पीभीआर, एक्सओडी, डिशहोम गो एप र वेव, विशेष सामग्रीहरु र ग्राहक सेवासँग लिंक गरिएका छन् ।
डिशहोमका लागि विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो । उच्च प्रविधिका साथ तयार गरिएको यो व्यवसायिक योजना मनोरञ्जनात्मक रहेको छ । स्लिक शटहरु, क्यामेराको चाल र सुमधुर संगीतले यो अभियानलाई गहकिलो बनाएको छ । यस ब्रान्ड अभियानको प्रसारण दुवै डिजिटल तथा परम्परागत प्लेटफर्महरूमा गरिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तापक्षका सांसदको प्रश्न : विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ?
-
सुर्खेतमा राप्रपाकाे शक्ति प्रदर्शन (तस्बिरहरू)
-
मधेसका गृहमन्त्री लेखीका अंगरक्षकको मृत्यु
-
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुट्दैछौँ भन्छ : मनिष झा
-
पब्लिक यूथ क्याम्पसको स्ववियु निर्वाचन
-
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू