बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शक्ति प्रदर्शन गर्दै बालुवाटारबाट ओलीको बिदाइ, तस्बिरमा हेर्नुहाेस्

बुधबार, ३० असार २०७८, १३ : १७
बुधबार, ३० असार २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको परमादेशसँगै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै ओलीले बालुवाटार खाली गराएका हुन् । ओली सरकारबाट बाहिरिएर निजी निवास जाँदा पनि एमालेले शक्ति प्रदर्शन गरेको छ ।

एमालेको युथ फोर्ससहितका ठुलो सङ्ख्यामा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका थिए भने कार्यकर्तासमेतको स्कर्टिङ गरेर बालकोट लगिएको थियो । सो क्रममा ओलीको पक्षमा चर्का नाराबाजी गरिएको थियो ।

ओलीले हिजो देशवासीको नाममा सम्बोधन गरेर सर्वोच्चको फैसलाप्रति चरम असन्तुष्टि व्यक्त गरेका थिए भने केही समय मात्रै बादल लागेको भन्दै छिट्टै सूर्य उदाउने अभिव्यक्ति दिएका थिए । यस्तै देउवालाई अदालतले प्रधानमन्त्री बनाइदिएको बारे विरोध गरेका उनी देउवाको शपथ ग्रहण समारोहमा पनि अनुपस्थित भएका थिए ।​​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप