शक्ति प्रदर्शन गर्दै बालुवाटारबाट ओलीको बिदाइ, तस्बिरमा हेर्नुहाेस्
एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको परमादेशसँगै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै ओलीले बालुवाटार खाली गराएका हुन् । ओली सरकारबाट बाहिरिएर निजी निवास जाँदा पनि एमालेले शक्ति प्रदर्शन गरेको छ ।
एमालेको युथ फोर्ससहितका ठुलो सङ्ख्यामा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका थिए भने कार्यकर्तासमेतको स्कर्टिङ गरेर बालकोट लगिएको थियो । सो क्रममा ओलीको पक्षमा चर्का नाराबाजी गरिएको थियो ।
ओलीले हिजो देशवासीको नाममा सम्बोधन गरेर सर्वोच्चको फैसलाप्रति चरम असन्तुष्टि व्यक्त गरेका थिए भने केही समय मात्रै बादल लागेको भन्दै छिट्टै सूर्य उदाउने अभिव्यक्ति दिएका थिए । यस्तै देउवालाई अदालतले प्रधानमन्त्री बनाइदिएको बारे विरोध गरेका उनी देउवाको शपथ ग्रहण समारोहमा पनि अनुपस्थित भएका थिए ।

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण