मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कसैको अनुहार हेरेर काम गर्दिनँ, मलाई नतिजा चाहिन्छः अर्थमन्त्री शर्मा

बुधबार, ३० असार २०७८, १३ : ०७
बुधबार, ३० असार २०७८

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफ्नो एकमात्रै उद्देश्य नतिजा निस्कने गरी कार्यसम्पादन गर्ने भएको बताएका छन् । 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र सुधार्न आफूले प्रयत्न गर्ने बताए । 

उनले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने पनि बताए ।  पदभार समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’

शर्माले मन्त्रालयका कर्मचारीहरुलाई अर्थतन्त्रलाई सही दिशातर्फ अग्रसर गराउने गरी काम गर्न पनि निर्देशन दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप