सुर्खेतमा ब्राउन सुगरसहित एकजना पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत पिपिराका ४२ वर्षीय लिलाराम पुरीलाई प्रहरीले उनकै घर अगाडिबाट पक्राउ गरेको हो । पुरीलाई एक ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
प्रहरीलाई उनकै घर अगाडि शङ्कास्पदरूपमा बसिरहेको अवस्थामा फेला पारी शरीर जाँच गर्दा दायाँ हातको मुठ्ठीभित्र सेतो प्लाष्टिकमा निलो धागोले बेरी लुकाइछिपाई राखेको दुई पुरिया र घर कोठासमेत खानतलासी गर्दा खाटमुनि कालो प्लाष्टिको एक पोका र सेतो झिलझिलेको अर्को पोका फेला पारी नापतौल गर्दा एक ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउन सुगर रहेको सूचना अधिकारी घर्तीले बताए ।
उनका अनुसार ब्राउन सुगरसहित नेपाली र भारतीय नोट गरी जम्मा रु ५० हजार ३४० नगद बरामद गरेको छ । त्यस्तै डिजिटल तराजु, एमआई कम्पनीको स्क्रिन टच मोबाइल, मल्टि कलर्ड मोबाइल लेखेको ट्याब एकरएक थान बरामद गरी पुरीको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म