बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोदावरीमा युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, ३० असार २०७८, १२ : २८
बुधबार, ३० असार २०७८

ललितपुरमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-३ पाटीस्थित डेरा गरी बस्ने महोत्तरी भगाह नगरपालिका-७ घर भएका ४० वर्षीय मदन कुमार सिंहथारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो सिंहथारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता, उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-३ हडैया बस्ने २६ वर्षीय दुर्गा कुमार थापा मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप