कर छलेको आरोपमा अभिनेतालाई जरिवाना
दक्षिण भारतीय फिल्म अभिनेता विजयलाई एकलाख जरिवाना गरिएको छ । कर छलेको आरोपमा उनलाई मद्रास उच्च अदालतले सो जरिवानाको फैसला सुनाएको हो ।
२०१२ मा कार किन्दा कर छलेको आरोप उनलाई लागेको छ । विजयले २०१२ मा इंग्ल्याण्डबाट रोल्स रोयल घोस्ट कार मगाएका थिए । सो समय उनले एक याचिका दायर गरेर कार झिकाउँदा लाग्ने इन्ट्री ट्याक्स छुटका लागि माग गरेका थिए । अदालतले उक्त याचिका खारेज गर्दै कर नतिरेको आरोपमा एकलाख रुपैया जरिवाना समेत गरेको हो ।
अभिनेताले कमर्शियल कर विभागले लगाएको करको विरुद्ध अदालतमा अपिल गरेका थिए । अव त्यो पैसा कोरोनासँग लड्न तमिलनाडु मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।
अदालतले विजयको याचिका खारेज गर्दै भनेको छ, ‘हिरोका लाखौँ फ्यान छन् । फ्यान स्टारलाई असली हिरोको रुपमा हेर्छन् । तमिलनाडुमा फिल्म स्टार राज्य चलाउने भइसके । उनीबाट रील हिरोको मात्र आस गरिएको छैन । ट्याक्सको चोरी असंवैधानिक हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ ओभरको अन्त्यमा सुदूरपश्चिमले बनायो १ सय ४३ रन
-
हाम्रा स्रोत साधन र जनशक्ति स्वदेशमै प्रयोग गरौँ : अध्यक्ष दाहाल
-
सुदूपश्चिमलाई तेस्रो झट्का, सिंह आउट
-
सुदूपश्चिमले लगातार दोस्रो विकेट गुमायो, भण्डारी आउट
-
औद्योगिक तथा लगानी प्रवर्धन कोष सञ्चालनसम्बन्धी कार्यविधि सार्वजनिक (पूर्णपाठ)
-
नेपाल प्रिमियर लिग सुदूपश्चिमलाई पहिलो झट्का