म्यारिज एनिभर्सरीको उपहारमा एकअर्कालाई ५०–५० लाखको बीमा पोलिसी
बैबाहिक जीवनको आफ्नो २७ औं बर्ष पुरा गर्दै गरेका एक उदाहरणीय जोडीले एक अर्कालाई बिमा पोलिसी उपहार दिई खुशी साटासाट गरेका छन् । बुटवल ३, रुपन्देही बस्ने अधिवक्ता सागर मणि पोखरेल र शिक्षक कमला ज्ञवालीले एक कार्यक्रमका बीच २७ औं बैबाहिक वर्षको उपहार एक अर्कालाई ५०–५० लाखको जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
लामो समयदेखि समाजसेवा गर्दै आएका पोखरेल पेशाले अधिवक्ता तथा सफल सहकारी तथा बैंकर हुन् भने श्रीमती ज्ञवाली शिक्षण पेसामा रहेकी छिन् ।
त्यसो त जीवन बीमा क्षेत्रमा समेत सहभागी रहेको पोखरले दम्पतीले आफ्नो २७ औं बैबाहिक वर्ष गाँठको अवसरमा सिटिजन लाइफ जीवन बीमा पोलिसी एक अर्कालाई उपहार दिएर मनाएका हुन् ।
हरेक बर्ष विभिन्न रचनात्मक कार्य गर्दै आएका पोखरेल दम्पतीले आफ्नो अनुभव सुनाउँदै अहिलेसम्म ७ वटा बीमा पोलिसी परिपक्व भई आफुहरुलाई सो पैसाले छोराछोरीको उच्च शिक्षा लगायत विभिन्न कार्यहरु गर्नका लागि निकै सहयोगी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी