शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोभिडबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई १ लाखका दरले रकम दिन सुरु

बुधबार, ३० असार २०७८, १२ : ०९
बुधबार, ३० असार २०७८


कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई एक लाखका दरले राहत स्वरूप प्रदान गर्न थालिएको छ । पहिलो चरणमा एक सय ३२ जनालाई राहत स्वरूप रकम वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा हाल सम्म कोरोना सङ्क्रमित मध्ये ३ सय ४२ जनाको मृत्यु भइसकेको छ । यसअघि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नै कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत स्वरूप एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो । जस अन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालिकोटका गरि १ सय ३२ जनालाई राहत उपलब्ध गराएको र अन्यलाई पनि केही दिनमा नै रकम वितरण गर्ने प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन्  ।

हालसम्म ३ सय ४५ जनाका परिवारले क्षतिपूर्तिको माग सहित प्रदेश सरकारलाई निवेदन पेस गरेका छन् । पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको पत्र, हकवालाको नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, रकम दाबीकर्ताको नागरिकताको प्रतिलिपिको आधारमा मन्त्रालयले राहत रकम उपलब्ध गराएको छ । 

अन्य व्यक्तिहरूको पनि तथ्याङ्क सङ्कलनको क्रममा रहेकाले छिटै सबैले राहत रकम पाउने मन्त्री नेपालीले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप