खस्कियो डलरको भाउ, अन्य देशको के छ अवस्था ?
बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको भाउ सामान्य रुपमा खस्किएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत सोमबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ०२ पैसा र विक्रीदर ११९ रुपैयाँ ६२ पैसा रहेकोमा बुधबार १२ पैसाले घट्दै खरिददर ११८ रुपैयाँ ९० र विक्रीदर ११९ रुपैयाँ ५० पैसामा झरेको हो ।
यस्तै, आज युरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८० पैसा र विक्रीदर १४१ रुपैयाँ ५१ पैसामा झरेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७४ पैसा र विक्रीदर १६५ रुपैयाँ ५७ पैसामा झरेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर नेपाली १२९ रुपैयाँ ८० पैसा र विक्रीदर १३० रुपैयाँ ४५ पैसामा झरेको छ ।
यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ ९४ पैसा र विक्रीदर ८९ रुपैयाँ ३९ पैसामा उक्लिएकोे छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २७ पैसा र विक्रीदर ९५ रुपैयाँ ७५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७८ पैसा र विक्रीदर १० रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।
यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७० पैसा र विक्रीदर ३१ रुपैयाँ ८६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ ६५ पैसा र विक्रीदर ३२ रुपैयाँ ८१ पैसा रहेको छ ।
यता सबैभन्दा महंगो कुवेती डिनर नेपाली विनिमयदर आज एकको खरिदर अधिकतम ३९५ रुपैयाँ ३७ पैसा र विक्रीदर ३९७ रुपैयाँ ३७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’