शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलाकार तथा रेस्लर खड्कालाई कलाकार संघको सहयोग

बुधबार, ३० असार २०७८, ११ : ३५
बुधबार, ३० असार २०७८

नेपाल चलचित्र कलाकार संघले कलाकार तथा नेपालको पहिलो महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष भगवती खड्कालाई आर्थिक सहयोग गरेको छ । संघले खड्कालाई २३ हजार नगद सहयोग गरेको हो ।
कोभिडको दोश्रो भेरियन्टबाट पिडित खड्का समस्यामा रहेकोले कलाकार संघले सहयोग गरेको हो । आफू कोभिडबाट पिडित भएको र महिला रेस्लरलाई सहयोग आवश्यक भएको अवस्था उल्लेख गरि खड्काले संघमा सहयोगको अनुरोध गरेकोले सहयोग प्रदान गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिए । 

सहयोग कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र कलाकार संघ यूके शाखाका उपाध्यक्ष सुरेश पाठक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कलाकार तथा रेस्लर खड्काले राष्ट्रिय प्रतिभाहरूलाई सरकारले संरक्षण तथा प्रोत्साहन गर्नुपर्नेमा सो गर्न नसकेको गुनासो गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप