कुल हवाई यात्रुहरु मध्ये ४२ प्रतिशत भ्याक्सिनको पहुँचमा
आन्तरिक हवाई सेवामा कुल यात्रुहरुमध्ये अधिकतम ४२ प्रतिशत यात्रुहरु कोभिड–१९ विरुद्धको भ्याक्सिनको पहुँचमा रहेको एक तथ्याङ्कले देखाएको छ । निजी विमान कम्पनी बुद्ध एयरले गरेको एक सर्वेक्षणले कुल हवाई यात्रुहरु मध्ये अधिकतम ४२ प्रतिशतले खोप लगाइसकेको देखाएको हो ।
सर्वेक्षण बुद्ध एयरका हवाई उडान हुने सम्पूर्ण गन्तव्यहरु तुम्लिङटार, भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी र काठमाडौंमा गरेको थियो ।
कुल २४ हजार ९३ यात्रुहरुमा गरिएको सर्वेक्षणमा खोप लगाएका कुल ९ हजार ६६८ जना मध्ये अधिकतम ७ हजार ४ जनाले पूर्ण (दोस्रो डोज पनि) खोप लगाइसकेको, २ हजार ६६४ जनाले पहिलो डोज लगाएको र १४ हजार ४२५ जनाले अझैं खोप लगाउन बाँकी रहेको तथ्य देखाएको छ । जसमध्ये २९० जना संक्रमित भएर पनि निको भइसकेको तथ्याङ्कले देखाएको छ । अर्थात १४,१३५ जना संक्रमित नभएका यात्रुहरु हुन् ।
सर्वेक्षणमा जम्मा जम्मी दुई प्रश्नहरु सोधिएको थियो । जसमा खोप लगाए÷नलगाएका तथा २०७७ वैशाख यता कोभिड संक्रमण भएका/नभएकाबारे सोधिएको थियो । तर, यता हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भने आफ्ना सबै कर्मचारीहरुलाई पूर्ण डोज खोप दिइसकेको जनाएको छ । सो बारे जानकारी दिँदै कम्पनीका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपशे जोशीले सबै कर्मचारीहरु दुबै डोज खोप लिइसकेका र संक्रमणरहित यात्राका लागि कम्पनी प्रतिवद्ध रहेको जनाएका छन् ।
बुद्ध एयरसँग १० वटा एटीआर–७२, ३ वटा एटीआर–४२ तथा २ वटा बिचक्राफ्ट जहाज रहेको छ । बुध्द एयर आन्तरिकतर्फ १३ गन्तव्य र भारतको वाराणसीमा उडान भर्ने गरेको छ । कोभिडका कारण हाल वाराणसी उडान भने कम्पनीले स्थगित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा