बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘देउवा जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री’

बुधबार, ३० असार २०७८, ०८ : ०१
बुधबार, ३० असार २०७८

बागमती प्रदेशबाट स्वतन्त्र हैसियतमा निर्वाचित राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले  प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको दावी गरेका छन् । 

उनले अदालतले जनताको जनादेशबाट निर्वाचित सांसदको पक्षमा फैसला गर्दा कसरी अदालतको परामादेश हुन्छ भन्दै प्रश्न समेत गरेका छन् । 

‘देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन्’, देवकोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन् ।

जनताको अभिमतबाट निर्वाचित १४९ सांसदले शशरीर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीमा नियुक्तिका लागि दावी गर्दा राष्ट्रपतिले संसद विघटन गरेका कारण न्यायका लागि उनीहरु अदालत भएको देवकोटाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप