राजेन्द्र महतो ठूलो मारमा

जसपा नेता राजेन्द्र महतोसँगको कुराकानीअनुसार निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई सर्वोच्चले सोमबार ठ्याक्कै त्यस्तै फैसला दिन्छ भन्ने अलिकति पनि लागेको थिएन । तर, नसोचेको शैलीमा उहाँले सत्ताच्युत हुनुपरेको छ । अदालतले १३ दिने उपप्रधानमन्त्रीबाट हटाइदिएपछि ढिलैगरी पुल्चोकस्थित मन्त्री निवास छाडेका महतोलाई उनले केही दिनअघि मात्रै भनेका थिए, ‘मेरो मागलाई अदालतले स्वीकार गर्छ । गरेन भने पनि प्रधानमन्त्री चयनको विषय संसदमा जान्छ । त्यसबेला जुन परिस्थिति हुन्छ, त्यसमा पनि मै प्रधानमन्त्री हुन्छु ।’
महतोले सोधे, ‘त्यो परिस्थिति भनेको के हो ?’ ओलीले भने, ‘एमालेलाई म मिलाउँछु । माधव नेपाल यति कमजोर हुन्छन् कि, उनीसँग धेरै मान्छे रहँदैनन् । त्यसबेला बाध्यताबस माधवले ह्वीप मान्छन् वा चूप लाग्छन् । त्यसकारण सरकार बनाउन सहजता हुन्छ ।’
महतोहरुले राजपालाई व्युँताउनका लागि गरेको प्रयास विफल भएकोबारे ओलीसँग सोधे । भने, ‘निर्वाचन आयोगले हामीलाई सहयोग गर्छ । तर, एक्सपोज भएर सहयोग गर्न उनीहरुलाई पनि गाह्रो छ नि †’ आफू प्रधानमन्त्री रहिरहे जसपाको विवादमा पनि हरसम्भव निर्वाचन आयोगको सहयोग गराउने बचन दिएका थिए । र, यिनै कुराले ओलीप्रति महतोहरु विश्वस्त थिए, जुन विश्वास सोमबार दिउँसो चकनाचुर हुन पुगेको छ ।
त्यही विश्वासका कारण राजविराजमा ओलीको पक्षमा निस्किएका जुलुसमा पूर्वराजपाले अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको थियो । किनभने, चुनावमा समेत गठबन्धन बनाएर सँगै जाने सल्लाह थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउनलाई हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन
-
माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड
-
कांग्रेसको महाधिवेशन पार्टीको विधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर हुन्छ : नेता सिंह
-
सबैलाई मिलाएर कांग्रेस महाधिवेशन हुन्छ : नेता सिंह