बेलायतमा कोरोनाबाट थप ५० जनाको मृत्यु, अप्रिलयताकै उच्च
![बेलायतमा कोरोनाबाट थप ५० जनाको मृत्यु, अप्रिलयताकै उच्च](https://rpcdn.ratopati.com/media/albums/uk-london_defIhwlCkv.png)
बेलायतमा पछिल्ला केहि दिनयता संक्रमण दरमा भएको बृद्धिसँगै मृत्युदर पनि बढ्न थालेको छ । पछिल्ला दिनहरुमा संक्रमित संख्या दैनिक तीस हजार भन्दा बढी हुँदै आएको छ । संक्रमणदर बढेपनि मृतक संख्या सामान्य रहेपनि मंगलबार मृतक संख्यामा पनि वृद्धि भएको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको २४ घन्टामा थप ५० जना संक्रमितको मृत्यु भएको छ । यो संख्या अप्रिल ९ यताकै सबै भन्दा बढी हो । अघिल्लो दिन ६ जना संक्रमितको मृत्यु भएको थियो । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख २८ हजार ४८१ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा ३६ हजार ६६० जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन ३४ हजार ४७१ संक्रमित रहेका थिए । बेलायतमा कोरोना भाइरसका कारण ५१ लाख ९१ हजार ४५९ जना संक्रमित भइसकेका छन् । कोरोनाविरुद्धको खोपलाई दिइएको तीव्रतासँगै अस्पताल भर्ना हुने र मृतक संख्यामा उल्लेखनीय कमि आएको अधिकारीहरुले बताउँदै आएका छन् । सोहि कारण सरकारले खोप वितरण कार्यलाई मुख्य प्राथमिकता दिँदै आएको छ ।
बेलायतमा ८ करोड नौ लाख ७५ हजार ५०८ डोज खोप वितरण भइसकेको छ, जसमध्ये चार करोड ५९ लाख ७८ हजार १७ जनाले पहिलो र तीन करोड ४९ लाख ९७ हजार ४९१ जनाले दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याङ्कमा उल्लेख छ ।
कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि सामान्य वृद्धि भएको छ । पछिल्लो तथ्याँकअनुसार एक दिनमा ५६४ जना संक्रमित अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या दुई हजार ७३१ रहेको स्वास्थ्य विभागले जानेको छ । भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या ४१७ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म